हिजो आज भोलीको खबर, सबैको हातमा सत्यतथ्य खबर

ख्वप श्रावण ८ गते २०७९
नेपाली आधुनिक संगीतका गायक तथा संगीतकार स्व. अरुण थापाको ‘२३ औं पुन्य तिथिको अवसरमा भक्तपुर सांगीतिक समाजको आयोजनामा ‘स्व.अरुण थापा स्मृति दिवस २०७९’ साँगितिक कार्यक्रम गरि शनिवार सम्पन्न गरियो । यस बर्ष कवि तथा गीतकार दिनेश अधिकारीलाई ‘अरुण थापा स्मृति सम्मान २०७९’ ले सम्मान गरिएको थियो । समाजले भक्तपुरमा थापाको स्मृतिमा यो लगातार पाँचौं पटक आयोजना गरेको हो । कार्यक्रम वरिष्ठ संगीतकार दीपक जङ्गमको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा प्रमुख अतिथि जंगमले नेपालमा मरे पछि सम्मान दिने र खोजी खोजी कलाकारका कृती प्रती चासो बढाउने गलत परम्परा रहेको र अरुण थापा त्यस्को सहि उदाहरण भएको बताउनु भयो । जंगमले नेपालमा जनता र सरकार बाट अझ पनि कलाकारको सहि पहिचान गर्न नसकेको बताउनु भयो । तथापि भक्तपुर को सांगीतिक संस्थाले सम्झेर कार्यक्रम गर्नु निकै प्रशंसनीय कार्य भएको बताउनु हुदै यो कार्यको मूल्यांकन भबिष्यले गर्ने बताउनु भयो। कार्यक्रममा भक्तपुरका स्थानीय गायकहरु सत्यनारायण मानन्धर, लक्ष्मण पलिखेल, राजेश शाही, रोशन धौभडेल, विनोदराज ढुङ्गेल, अधीश्री कसपाल र नवीन्द्रलाल कर्माचार्यले स्व।थापाका गीतहरु प्रस्तुत गरिएको थियो ।


त्यसैगरी वाद्यवादनमा कृष्णसुन्दर सुजखु, महेन्द्र सिंख्वाल, सरोज के।सी।, श्रीजल मधिकर्मी, अनिश शाक्य, बिजय बज्राचार्य र यजु आचार्यले वाद्यवादनमा साथ दिएका थिए । कार्यक्रम देसप्रेम भावनाले ओतप्रोत करोड मुटुहरूको एउटै ढुक ढुकी नेपालू बाट शुरु भएको थियो भने
ूलाग्न थाल्यो जीवनमाू, ूआँखाको निद चोरी लानेू, ूभुलेका कथा तिता मिठाू, ूदोष कसैलाई दिन चाहन्नू, ूचोट के हो व्यथा के होू, ूजतिमाया लाए पनिू, ूपग्लेर जाने हिउँ म हैनू ूम रोए पनि तिमी हाँसिदिनुू जस्ता थापाका चर्चित तथा कमै सुनिएका गीतहरु प्रस्तुत गरिएको थियो।
कार्यक्रममा भर्खरै दिवंगत हुनु भएका भक्तपुरका जनगायक तथा भक्तपुर सांगीतिक समाजका सल्लाहकार समिति सदस्य रोशन कुमार राजभण्डारीको सम्झनामा एक मिनेट मौन धारण गरि वहाँहरु प्रती सम्मान व्यक्त गरिएको थियो ।

कार्यक्रममा प्राज्ञ ध्रुव मधिकर्मीले भक्तपुर सांगीतिक समाजको स्थापना र हाल सम्म भएका गतिविधि बारे प्रकाश पार्नुका साथै सम्मानित हुनु भएका श्रष्टा अधिकारीको गीत र कविताका विविध पक्ष बारे चर्चा गर्नु भएको थियो। कार्यक्रममा भर्खरै सम्पन्न ूसा रे ग म प लिटिल च्याम्पमा राम्रो प्रतिभा देखाएका भक्तपुरका बाल प्रतिभा अबिज्ञा घिमिरेलाई समेत सम्मान गरिएको थियो। साहित्यकारहरु धनमान श्रेष्ठ, गोबिन्द भोमी, सुरेन्द्रलाल भुजु, वसन्त नकर्मी, हरिहर लामिछाने, मुरारी सिग्देल लगायतका कवि साहित्यकारहरुको बाक्लो उपस्थिति थियो।
कार्यक्रमलाई सफल बनाउन सिद्धि स्मृति प्रतिष्ठान, अक्सफोर्ड प्राक्टिकल इङ्लिस स्कुल तथा गुडविल कन्सन्टको सहयोग गरेको थियो भने कार्यक्रममा रेडियो पार्टनर भक्तपुर एफ। एम। १०५।४ मेघाहर्ज, टेलिभिजन पार्टनर भादगाउँ टेलिभिजन, मिडिया पार्टनर न्यूज अफ साप्ताहिक, फोटोग्राफी पार्टनर पिक्सेल्स इन्ग्राभर्स र साउण्ड पार्टनर आराधना सङ्गीत समूह रहेको थियो। कार्यक्रम सल्लाघारी स्थित अक्सफोर्ड प्राक्टिकल इङ्लिस स्कुलको प्राङ्गणमा भएको थियो ।




0 Comments

Leave A Comment

Don’t worry ! Your email address will not be published. Required fields are marked (*).