हिजो आज भोलीको खबर, सबैको हातमा सत्यतथ्य खबर

ख्वप श्रावण २२ गते २०७९
नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालले किताबी ज्ञान मात्र नभई व्यावहारिक ज्ञानको पनि अति आवश्यक रहेको बताउनुभयो । 
निओ फ्युजन स्कुल अफ कम्प्युटरको १७ औं प्रमाण पत्र, प्रशंसा पत्र वितरण तथा सास्कृतिक कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि सचिव एवं सांसद सुवालले नयाँ पुस्तालाई नियो फ्युजनले कम्प्युटर तालिम तथा विभिन्न निःशुल्क व्यवहारिक सीपमुलक तालिमहरु दिंदै आएकोमा खुसी व्यक्त गर्नुभयो । भक्तपुरको कालीघाटस्थित बासु माध्यमिक विद्यालयमा भएको कार्यक्रममा बोल्दै उहाँले यस्ता तालिको साथसाथै राजनितिक विषयमा पनि विद्यार्थीहरुलाई भ्रमण गराउन आग्रह गर्नु भयो । 
त्यस्तै कायक्रममा भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले निःशुल्क कम्प्युटर तालिमसंगै भक्तपुरका साँस्कृतिक बाजागाजाको पनि प्रशिक्षण गराएकोमा खुसी व्यक्त गर्नुभयो । उपप्रमुख जोशीले नयाँ पूस्तालाई नयाँ शिक्षाको साथसाथै आफ्नो कला सस्कृतिको ज्ञान हुनुपर्ने बताउँनुभयो। निओ फ्युजन स्कुल अफ कम्प्युटरका निर्देशक बालकृष्ण बनमालाले कम्प्युटर तालिमसंगै निःशल्क रुपमा विविध तालिमहरु दिदै आएको जानकारी दिंदै युवाहरुलाई तालिममा व्यस्त बनाउन सके कुलत र गलत बाटोमा नजाने र समयको सदुपयोग हुने भएकाले तालिम दिंदै आएको बताउँछन । 

कार्यक्रममा ८ जना प्रशिक्षकलाई प्रशंसा पत्र र ४५० विद्यार्थीलाई प्रमाण पत्र वितरणसँगै विभिन्न सांस्कृतिक कार्यक्रमहरु भएको थियो ।
 




0 Comments

Leave A Comment

Don’t worry ! Your email address will not be published. Required fields are marked (*).