हिजो आज भोलीको खबर, सबैको हातमा सत्यतथ्य खबर

ख्वप श्रावण २६ गते २०७९


ख्वप श्रावण २६ गते २०७९
गायक तथा संगीतकार रोशन धौभडेलको नयाँ गीत पीडाको म्युजिक भिडीयो बिहीबार एक कार्यक्रमबीच भक्तपुरमा आज बिहिवार सार्वजनिक गरिएको छ। भक्तपुर कटुन्जेका निवासी गीतकार उत्कल चालिसेको शब्द रहेको पीडा गीत म्युजिक भिडियोनेपालकै संभवत प्रथम ब्याण्ड ूप्रीज्मूका  ड्रमर देव रानाको प्रमुख आतिथ्यमा सार्वजनिक गरिएको हो। यस गीतको स्वर र संगीत रोशन धौभडेलको रहेको छ भने संगीत संयोजनको काम प्रमोद परियारले  गरेका हुन। आभाश्री प्रोडक्सनको ब्यानरमा तयार भएको म्युजिक भिडियो निर्माणमा कन्सेप्ट तथा  निर्देशन समेत गायक धौभडेलले नै गरेको हो। उच्च शिक्षा हासिलका लागि बिदेसिएका तथा राम्रो रोजगारीका लागि परदेश पुगेका आम नेपालीहरुको पीडालाई  यस गीत र यसको म्युजिक भिडियो मार्फत प्रस्तुत गर्ने कोसिस गरिएको छ। गीतकार चालिसे स्वयम् रोजगारीको लागि हाल लब्जेम्बर्गस्थित एक फाइनान्सियल इन्डस्ट्रिजमा कार्यरत रहेका चालिसेकाआमाबुबा, श्रीमती र छोराछोरी सबै नेपालमै छन् । घरपरिवार र आफन्तसँग विछोडिएर परदेशमा जाँदा हुने पीडालाई गीत मार्फत ब्यक्त गर्ने प्रयास गरेका छन् चालिसेले। म्युजिक भिडियोमा समेत उत्कल फिचरिङ भएका छन् । गीत तथा म्युजिक भिडिओ सार्वजनिक गर्दै वरिष्ठ बाद्यबादक तथा कार्यक्रमका प्रमुख अतिथि रानाले गीत मन छुने खालको रहेको भन्दै सबैले आफूभित्र गुम्सिएको पीडालाई सहज रुपमा व्यक्त गर्न नसक्ने त्यो साहस कम ब्यक्तिमा हुने बताए। पीडा गीतको हकमा गीतकार चालिसे सफल भएको पनि उनले बताए।
कार्यक्रममा ूभक्तपुर कटुञ्जे निवासी चोट के हो ब्यथा के होरुू, ूजति चोट दिन्छौ देउ मायालुू लगायतका चर्चित गीतका रचनाकार वरिष्ठ गीतकार सुवासचन्द्र ढुंगेलले यो पीडा गीत बजारमा चलिरहेको धार भन्दा ठिक विपरीत रहेको ‘गीत राम्रो बनेको बताए । कम बजेटमा पनि उत्कृष्ट गीत बन्छ भन्ने यो एउटा राम्रो उदाहरण हो । उनले बिग हाउस र कर्पोरेट हाउसको हानथापले गर्दा कम बजेटका राम्रा गीतहरु समेत ओझेलमा पर्ने गरेको बताए ।

त्यस्तै कार्यक्रममा पाहुना संगीतकार एवं गायक राजनराज सिवाकोटीले आफूलाई पनि आधुनिक र सुगम गीत गाउन र संगीत गर्न मन लागे पनि उपयुक्त मौका नमिले बताउँदै अघिल्लो पुस्ताले गाएका आधुनिक एवं सुगम गीत जस्तो नयाँ पुस्ताको गीत कालजयी प्रकारको नभएको पनि बताए । नयाँ पुस्ताका आधुनिक एवं सुगम गीतहरु चर्चामा छैनन् । बजारमा यस्ता गीत सुन्न पाइँदैन भन्दै सिवाकोटीले भने, ‘किन छायाँमा परे, शब्द, संगीत र गायनमा कमी भयो कि मेहनत पुगेन कि खोजी गर्नु पर्ने सबै संगीतकर्मीको दायित्व रहेको पनि बताए।
संगीतकार तथा गायक धौभडेलले २ वर्षअघि नै गीत प्राप्त भए पनि शब्द मिलाउन, कम्पोज गरि गीत तयार हुन भने समय लागेको सुनाए । 
कार्यक्रममा गीतकार उत्कलका दाजु शिशिर चालिसे र भक्तपुर सांगीतिक समाजका अध्यक्ष प्रवीण शाहीले गीत र म्युजिक भिडिओबारे चर्चा गरेका थिए । गीतको म्युजिक भिडिओ आभाश्री प्रोडक्सनको अफिसियल युट्युब च्यानलमा आजै  सार्वजनिक गरिएको हो ।

गायक तथा संगीतकार रोशन धौभडेलको नयाँ गीत पीडाको म्युजिक भिडीयो बिहीबार एक कार्यक्रमबीच भक्तपुरमा सार्वजनिक गरिएको छ। भक्तपुर कटुन्जेका निवासी गीतकार उत्कल चालिसेको शब्द रहेको पीडा गीत म्युजिक भिडियोनेपालकै संभवत प्रथम ब्याण्ड ूप्रीज्मूका  ड्रमर देव रानाको प्रमुख आतिथ्यमा सार्वजनिक गरिएको हो। यस गीतको स्वर र संगीत रोशन धौभडेलको रहेको छ भने संगीत संयोजनको काम प्रमोद परियारले  गरेका हुन। आभाश्री प्रोडक्सनको ब्यानरमा तयार भएको म्युजिक भिडियो निर्माणमा कन्सेप्ट तथा  निर्देशन समेत गायक धौभडेलले नै गरेको हो। उच्च शिक्षा हासिलका लागि बिदेसिएका तथा राम्रो रोजगारीका लागि परदेश पुगेका आम नेपालीहरुको पीडालाई  यस गीत र यसको म्युजिक भिडियो मार्फत प्रस्तुत गर्ने कोसिस गरिएको छ। गीतकार चालिसे स्वयम् रोजगारीको लागि हाल लब्जेम्बर्गस्थित एक फाइनान्सियल इन्डस्ट्रिजमा कार्यरत रहेका चालिसेकाआमाबुबा, श्रीमती र छोराछोरी सबै नेपालमै छन् । घरपरिवार र आफन्तसँग विछोडिएर परदेशमा जाँदा हुने पीडालाई गीत मार्फत ब्यक्त गर्ने प्रयास गरेका छन् चालिसेले। म्युजिक भिडियोमा समेत उत्कल फिचरिङ भएका छन् । गीत तथा म्युजिक भिडिओ सार्वजनिक गर्दै वरिष्ठ बाद्यबादक तथा कार्यक्रमका प्रमुख अतिथि रानाले गीत मन छुने खालको रहेको भन्दै सबैले आफूभित्र गुम्सिएको पीडालाई सहज रुपमा व्यक्त गर्न नसक्ने त्यो साहस कम ब्यक्तिमा हुने बताए। पीडा गीतको हकमा गीतकार चालिसे सफल भएको पनि उनले बताए।
कार्यक्रममा ूभक्तपुर कटुञ्जे निवासी चोट के हो ब्यथा के होरुू, ूजति चोट दिन्छौ देउ मायालुू लगायतका चर्चित गीतका रचनाकार वरिष्ठ गीतकार सुवासचन्द्र ढुंगेलले यो पीडा गीत बजारमा चलिरहेको धार भन्दा ठिक विपरीत रहेको ‘गीत राम्रो बनेको बताए । कम बजेटमा पनि उत्कृष्ट गीत बन्छ भन्ने यो एउटा राम्रो उदाहरण हो । उनले बिग हाउस र कर्पोरेट हाउसको हानथापले गर्दा कम बजेटका राम्रा गीतहरु समेत ओझेलमा पर्ने गरेको बताए ।

त्यस्तै कार्यक्रममा पाहुना संगीतकार एवं गायक राजनराज सिवाकोटीले आफूलाई पनि आधुनिक र सुगम गीत गाउन र संगीत गर्न मन लागे पनि उपयुक्त मौका नमिले बताउँदै अघिल्लो पुस्ताले गाएका आधुनिक एवं सुगम गीत जस्तो नयाँ पुस्ताको गीत कालजयी प्रकारको नभएको पनि बताए । नयाँ पुस्ताका आधुनिक एवं सुगम गीतहरु चर्चामा छैनन् । बजारमा यस्ता गीत सुन्न पाइँदैन भन्दै सिवाकोटीले भने, ‘किन छायाँमा परे, शब्द, संगीत र गायनमा कमी भयो कि मेहनत पुगेन कि खोजी गर्नु पर्ने सबै संगीतकर्मीको दायित्व रहेको पनि बताए।
संगीतकार तथा गायक धौभडेलले २ वर्षअघि नै गीत प्राप्त भए पनि शब्द मिलाउन, कम्पोज गरि गीत तयार हुन भने समय लागेको सुनाए । 
कार्यक्रममा गीतकार उत्कलका दाजु शिशिर चालिसे र भक्तपुर सांगीतिक समाजका अध्यक्ष प्रवीण शाहीले गीत र म्युजिक भिडिओबारे चर्चा गरेका थिए । गीतको म्युजिक भिडिओ आभाश्री प्रोडक्सनको अफिसियल युट्युब च्यानलमा आजै  सार्वजनिक गरिएको हो ।




0 Comments

Leave A Comment

Don’t worry ! Your email address will not be published. Required fields are marked (*).