हिजो आज भोलीको खबर, सबैको हातमा सत्यतथ्य खबर

ख्वप श्रावण २८ गते २०७९
‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’ मा नाम लेखाउन सफल भएकी भक्तपुरकी टेबुल टेनिस खेलाडी गोमा सापकोटा आज शनिवार सम्मानित भएकी छिन् । काभ्रे जिल्लाको पनौतीमा जन्मेर भक्तपुरको सूर्यविनायक नगरपालिका ८ मा स्थायी बसोबास गर्दै आएकी सापकोटालाई जिल्ला खेलकुद बिकास समिति भक्तपुरले सम्मान गरेको हो । समितिद्वारा आयोजित सम्मान कार्यक्रममा प्रमुख अतिथि बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री रत्नप्रसाद ढकालले सापकोटालाई सम्मान गरेका हुन् । सापकोटाले टेबुल टेनिस बललाई १ मिनेटमा भुइमा नखसाई २ सय ४९ पटक हानेर गिनिज बुकमा विश्व कीर्तिमान राख्न सफल भएकी थिइन् । सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ढकालले खेलकुदको माध्यमबाट देशको पहिचान कायम हुने र खेलाडीको आर्थिक उन्नती पनि हुने बताउँनुभयो । उहाँले राज्यले खेलकुदको विकास गर्नुको विकल्प नभएको बताउदै यसका लागि तीनै तहका सरकारले प्रभावकारी र समन्वयात्मक कार्य गर्नुपर्ने प्रष्ट पार्नुभयो ।
आफू मन्त्री भएर मन्त्रालय सम्हालेपछि खेल र खेलाडीका लागि धेरै काम गरिएको दावी गर्दै शोखले नभई पेशाले खेलाडी भएर बाच्न सक्ने स्थिति बनाउन आफू लागिपरेको पनि मन्त्री ढकालले बताउँनुभयो । खेलकुदको बिकासका लागि प्रदेश मातहत रहेको खेलकुद बिकास समितिलाई आफ्नै कार्यालय र जमिन भएकालाई आफ्नै भवन बनाउन बजेट समेत व्यवस्था गरिएको बताउनुहुँदै समितिले सिफारिस गरेका आधारमा पूर्वाधार निर्माणका काममा समेत मन्त्रालय अघि बढेको जिकिर गर्नुभयो ।

समान कार्यक्रममा जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख इश्वरबहादुर थापाले स्थानीय सरकारले खेलकुद बिकासमा उदाशीन रहेको बताउँदै स्थानीय सरकार प्रमुखहरु आफ्ना कार्यकर्ताहरुलाई कनिका छरेजस्तो बजेट बाढ्दै बसेको आरोप लगाउँदै थापाले खेलकुदको बिकास गर्न एकीकृत योजना बनाउनुपर्ने आवस्यकता औल्याउँनुभयो ।

त्यस्तै कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका पूर्व अध्यक्ष समेत रहेका नेकपा९माओवादी केन्द्र०का जिल्ला संयोजक सुनिल बासुले समितिको नाममा रहेको जमिन समेत उपभोग गर्न नपाउदा पूर्वाधार बिकासमा समस्या रहेको बताउदै सबै मिलेर भक्तपुरको खेलकुदलाई बिकासको गति दिनुपर्ने बताउँनुभयो ।

कार्यक्रममा सम्मानित खेलाडी गोमा सापकोटाले सम्मानले खेल्नमा थप प्रोत्साहन मिलेको बताइन् भने कार्यक्रमका सभापति एवं जिल्ला खेलकुद बिकास समिति भक्तपुरका अध्यक्ष दिपक थापाले खेलकुदको बिकास र खेलाडीको हितको लागि आफूहरु अहोरात्र खटिरहेको बताउँनुभयो । 




0 Comments

Leave A Comment

Don’t worry ! Your email address will not be published. Required fields are marked (*).