हिजो आज भोलीको खबर, सबैको हातमा सत्यतथ्य खबर

ख्वप भाद्र ११ गते २०७९
स्वास्थ्यका लागि खेलकुद रायष्ट्रको खेलकुद भन्ने मूल नाराका साथ भक्तपुरमा भक्तपुर जिल्लाव्यापी पाँचौं मिस्टर भक्तपुर २०७९ को प्रतियोगिता हुन लागेको छ । भक्तपुर शारीरिक सुगठन तथा फिट्नेस् संघले शनिवार गरेको पत्रकार सम्मेलनमा  प्रतियोगिता आगामी भाद्र १७ गतेबाट हुन गईरहेको प्रतियोगितामा प्रथम हुनेलाई नगद रु १ लाख सहित पाचौं मिस्टर भक्तपुर २०७९ को उपाधि तथा ट्रफीले समान गरिने जनाईएकोछ । त्यस्तै प्रतियागितामा दोस्रो देखि छैठौंसम्मका विजेताहरुलाई नगद रु.४० हजार, ३० हजार, २० हजार, १५ हजार र १० हजार पुरस्कार प्रदान गरिने आयोकले पत्रकार सम्मेलन गरि जानकारी दिएको छ । त्यस्ते दोस्रो महिला फिजिक्स तर्फ प्रथम, द्धितिय र तृतिय हुने खेलाडीहरुलाई ट्रफिका साथै नगद रु ३० हजार, २०हजार र १० हजार पुरस्कार प्रदान गरिने छ । प्रतियोगितामा भक्तपुर जिल्ला भित्रका बिभिन्न क्लव, संघ संस्थाबाट एउटा वजन समूहवाट बढीमा २ जनो गरि १२ जना खेलाडीहरु र एक जना टीम मेनेजरले प्रतियोगितामा प्रतिनिधित्व गर्न पाईने छ भने करिव ६० जना खेलाडीको सहभागी हुने संघले अनुमान गरिएको छ । प्रतियोगिता जम्मा ६ वटा समूह अन्तर्गत खेलाईने छ । जसमा ५५, ६०, ६५, ७०, ७५ र ७५ केजी भन्दा माथिको समूह बीच प्रतिस्पर्धा गराईने छ । 
प्रतियोगिता भाद्र १७ गते शुक्रवार प्रि जज्जिङ्ग राउण्ड अन्तर्गत मिस्टर भक्तपुर प्रतियोगिताको शुरु गर्ने छ । प्रि जज्जिङ्ग राउण्डबाट प्रत्येक वजन समूहबाट जम्म ५ जना खेलाडीहरु र दोस्रो दिन भाद्र १८ गते शनिवारको दिन फाईनल राउण्डको लागि छनोट गरेर फाइनल खेलको प्रतिस्पर्धाबाट प्रत्येक वजन समूहका खेलाडीहरुमा प्रथम, द्धितिय, र तृतिय हुने लाई क्रमश स्वर्ण, रजत तथा कास्य पदक एवं प्रमाण पत्रले सम्माणित गर्ने छ भने चौठा. र पाचौं हुने खेलाडीलाई प्रमाण पत्र प्रदान गर्ने आयोजक संघले जनाएको छ ।
त्यस्तै महिला फिजिक्स बिधा अन्तर्गत दोस्रो महिला फिजिक्स तर्फ भाद्र १७ गते प्रि जज्जिङ्ग राउण्ड अन्तर्गत जम्म ५ जना खेलाडीहरुले दोस्रो दिनको फाइनल राउण्डको लागि छनोट गरिने छ । फाइनल खेलको प्रतिस्पर्धाबाट प्रथम, द्धितिय र तृतिय हुने खेलाडीहरुलाई स्वर्ण, रजत र कस्य पदक एवं प्रमाण पत्र प्रदान गरिने छ भने चौठो र पाचौं हुनेलाई प्रमाण पत्र प्रदान गरिने छ । प्रतियोगिताको प्रि जज्जिङ्ग शुक्रवार भक्तपुरको ब्यासी स्थित क्लब डिस्पाराडो ब्यासीमा हुने छ भने फाइनल खेल शनिवार थिमि बैंक्वेट मध्यपुर थिमिमा हुने छ ।
 




0 Comments

Leave A Comment

Don’t worry ! Your email address will not be published. Required fields are marked (*).