2024-02-11 08:57:52
भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता सम्पन्न ।
भक्तपुर माघ २८ गते २०८०
भक्तपुर नगरपालिकाको आयोजनामा २०८० माघ २१ गतेदेखि २७ गतेसम्म एक हप्ता सञ्चालित भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता माघ २७ गते शनिबार सम्पन्न भयो ।
नेपाल मजदुर किसान पार्टीका केन्द्रिय सचिव एवम् संघीय सांसद प्रेम सुवालको प्रमुख आतिथ्यमा भएको ‘पुरस्कार वितरण तथा समापन कार्यक्रम’ मा १५ वटा (टेबुलटेनिस, भलिबल, फुटबल, कबड्डी, खो—खो, एथ्लेटिक्स, बुद्धिचाल, ब्याडमिन्टन, कराँते, उसु, तेक्वान्डो, पोर्टबल, जिम्नास्टिक, कसिमला पाँय र बाघचाल) खेलकुदका विजयी खेलाडी र विद्यालयहरूलाई मेडल, खेलकुद सामग्री र सिल्ड वितरण गरियो ।
समापन कार्यक्रममा सांसद सुवालले खेलकुदमा हार जित स्वाभाविक विषय भएको बताउँदै खेलकुदले नयाँ पुस्ताका युवा विद्यार्थीहरुको स्वास्थ्य राम्रो बनाउँछ र अनुशासित भएर जिउन सिकाउँछ भन्नुभयो । खेलकुद अनुशासन, स्वास्थ्य र मित्रताको लागि खेलिनुपर्ने बताउँदै खेलकुदले हाम्रो बीच मित्रता बढाउने र खेलकुदबाट जोडिएको मित्रता जीवनभरसम्म कायम हुने पनि बताउनुभयो । खेलकुदलाई संविधानको मौलिक हकको रुपमा राखिनुपर्ने आवाज निरन्तर संसदमा उठाइरहेका बताउँदै उहाँले खेलमैदान, खेलकुद भवन र व्यायामशालाको संख्या धेरै भयो भने नागरिकहरु पनि स्वास्थ्य हुन्छन् भन्नुभयो ।
बागमती प्रदेश सांसद सृजना सैंजुले खेल जगतमा नयाँ पुस्तालाई उत्साहित गर्दाको दीर्घकालीन परिणाम सकारात्मक नै हुने विश्वास व्यक्त गर्दै भक्तपुर नपाले खेल महोत्सवको आयोजना गरी नगरका चोक चोक र सम्पदाका प्रांगणहरुलाई खेलमैदान बनाई समुदायको अपनत्व ग्रहण हुने ढंगले खेलकुद महोत्सव सम्पन्न भएको बताउनुभयो ।
भक्तपुर नपाका हरेक गतिविधिहरुमा यहाँका सामुदायको पनि सक्रिय भूमिका निर्वाह गरिरहेको बताउँदै उहाँले खेलकुदलाई सर्वसाधाण र जीवनपद्धितको रुपमा विकास गर्ने प्रयासमा भक्तपुर नपा अगाडि बढिरहेको बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका नागरप्रमुख सुनिल प्रजापतिले यहीं वर्ष आगामी फागुन महिनाको अन्तिम सातामा अन्तरनगर ‘महिला कबड्डी प्रतियोगिता’’ गर्ने घोषणा गर्नुभयो । उहाँले सप्ताहव्यापी रुपमा सञ्चालित भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगितामा ७८ वटा विद्यालयको सक्रिय सहभागिताले भक्तपुर नपालाई अगामी दिनहरुमा यस्ता खेलकुद गतिविधि सञ्चालन गर्न ऊर्जा मिलेको बताउनुभयो ।
भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराईले खेलकुद र देश विकास समानान्तर ढंगले अगाडि बढ्न आवश्यक भएको बताउँदै विकसित देशहरुमा पदक पाउन भन्दा पनि स्वस्थ हुन मानिसहरु खेलकुदमा सक्रिय रहने बताउनुभयो ।
कार्यक्रममा भनपा युवा तथा खेलकुद समितिका संयोजक एवम् वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले भक्तपुर नगरपालिकाको आयोजनामा भएको नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगितामा सहभागी ७८ वटा विद्यालयमध्ये ६० वटा विद्यालयले पदक पाउन सफल भएको बताउनुभयो । साथै प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न सहयोगी भूमिका खेल्ने रेफ्रि, निर्णायक र प्रशिक्षकलाई धन्यवादज्ञापन गर्नुभयो । कार्यक्रममा विजयी खेलाडीहरूलाई प्रमुख अतिथि तथा अतिथिहरूले मेडल, सहभागी विद्यालयहरूलाई खेलकुद सामग्री र प्रथम, द्धितीय र तृतीयलाई सिल्ड वितरण गर्नुभएको थियो ।
नगरब्यापी विद्यालयस्तरीय खेलकुदअन्तर्गत भलिबल प्रतियोगिताको छात्रतर्पm सैनिक आवासीय महाविद्यालय प्रथम, पद्म मावि द्वितीय र ख्वप मावि तथा बासु माविले तृतीय स्थान हासिल गर्न सफल भए भने भलिबल छात्रातर्पm सैनिक आवसीय महाविद्यालय प्रथम, ख्वप मा.वि. द्वितीय र बासु मावि तथा पद्म मावि तृतीय भएको थियो । भलिबल खेलमा उत्कृष्ट खेलाडी छात्रतर्पm अनिस कार्की (सैनिक आ.म.वि.) र उत्कृष्ट छात्रातर्पm सृष्टि कार्की (सैनिक आ.मा.वि) प्राप्त गरेका थिए ।
त्यसैगरी टेबलटेनिस प्रतियोगितामा प्राप्त मेडलको आधारमा प्रोक्सिमा इन्टरनेशनल स्कुल प्रथम, प्रभात ई स्कुल द्वितीय र माउण्ट भ्याली ई. स्कूल तृतीय स्थान प्राप्त गरेको थियो । टेबुल टेनिस प्रतियोगितामा उत्कृष्ट खेलाडी छात्रतर्पm पर्ल शाक्य (एभरेष्ट ई स्कुल) र छात्रातर्पm उरवी सुवाल (प्रभात ई स्कुल)ले प्राप्त तगरेको थियो ।
उसु प्रतियोगितामा प्राप्त मेडलको आधारमा मेधा मा.वि.प्रथम, एभरेष्ट ई. स्कूल द्वितीइ र बालबिकास ई. स्कूल तृतीय हुन सफल भए । उसु खेलमा उत्कृष्ट खेलाडी छात्रतर्पm रोशन विक (मेधा मा.वि) र रेगनसन वैद्य (सामुदायिक ई स्कूल) र छात्रातर्पm सिल्भिया प्रजापति (सैनिक आ.म.वि.)र रिया कोजु (मेधा मा.वि) हुन सफल भए । कबड्डी प्रतियोगितामा छात्रतर्पm मिनर्वा ई. स्कूल प्रथम, पारागन एकेडेमी द्वितीय र रोम्बस से. स्कूल तथा बासु मा.वि. संयुक्त रुपमा तृतीय हुन सफल भए भने कबड्डी प्रतियोगिताकै छात्रातर्पm पारागन एकेडेमी प्रथम, साईनि· स्टुडेन्ट एकेडेमी द्वितीय र रोम्बस से. स्कूल तथा समाज सुधार मावि संयुक्त रुपमा तृतीय भएको थियो । कबड्डी प्रतियोगिताको उत्कृष्ट खेलाडी छात्रतर्पm आदित्य श्रेष्ठ (मिनर्वा ई. स्कुल) र छात्रातर्पm सुजातालामा (पारागन ऐकेडेमी)ले हात पारेको थियो ।
तेक्वाण्डो प्रतियोगितामा कूल प्राप्त मेडलको आधारमा सैनिक आ.मा.वि.प्रथम, बागीश्वरी मा.वि. द्वितीय र गणेश मा.वि. तृतीय हुन सफल भए । तेक्वाण्डोमा उत्कृष्ट खेलाडी छात्रतर्पm लावा· लामा (सैनिक आ.मा.वि.) र छात्रतर्पm नम्रता सेन्चुरी (बागीश्वरी मा.वि) प्राप्त गर्न सफल भए ।
बुद्धिचाल प्रतियोगितामा कूल प्राप्त मेडलको आधारमा प्रभात ई. स्कूल प्रथम, जेन्युन ई. स्कूल द्वितीय र मेधा मा.वि. तृतीय भएको थियो । उत्कृष्ट खेलाडी छात्रतर्पm प्रत्यूस श्रेष्ठ (बागीश्वरी मा.वि) र उत्कृष्ट खेलाडी छात्रातर्पm सोफिया मधिकर्मी (महेन्द्र विद्याश्रम) घोषित भएको थियो ।
त्यसैगरी कसिमलापा“य्मा प्राप्त मेडलको आधारमा नविन आ.वि. प्रथम, वासु मा.वि. द्वितीय र दत्तात्रय आ.वि. तृतीय भएको थियो । सो प्रतियोगितमा उत्कृष्ट खेलाडी छात्रतर्पm निश्चल राजचल (शारदा मा.वि) र छात्रातर्पm जेनिशा कपाली (नविन आ.वि.)ले हासिल गरे । विद्यालयस्तरीय बाघचाल प्रतियोगितामा ज्ञानतारा ई. स्कूल प्रथम, बागेश्वरी मा.वि. द्वितीय र जेसिस इ. स्कूल तृतीय हुन सफल भए । सो प्रतियोगिताको उत्कृष्ट खेलाडी छात्रतर्पm विराज ग्वाछा (ज्ञानतारा ई. स्कूल) र छात्रातर्पm पूजा रोकाया (बागीश्वरी मा.वि) हुन सफल भए । एथलेटिक्स प्रतियोगितामा प्राप्त मेडलको आधारमा जेसिस ई. स्कूल प्रथम, बालबिकास से. स्कूल द्वितीय र जागृति मा.वि. तृतीय हुन सफल भए । एथलेटिक्समा उत्कृष्ट खेलाडी छात्रतर्पm कृजल फा“जु(जेसिस ई. स्कूल) र छात्रातर्पm क्याथ्रीन बासुकला (जेसिस ई. स्कूले हात पारे ।
त्यस्तै फुटबल प्रतियोगितामा सैनिक आवसीय महाविद्यालय प्रथम, पद्म मा.वि. द्वितीय हुन सफल भए । सो प्रतियोगितामा उत्कृष्ट खेलाडीको उपाधी दिग्विजय शाही (सैनिक आवसीय महाविद्यालय), उत्कृष्ट डिफेन्डर निश्चल राणा सैनिक आवसीय महाविद्यालय, उत्कृष्ट फर्वाड सम्रात महत्रा (पद्म मा.वि.), उत्कृष्ट मिडफिल्डर रविन घले (सैनिक आवसीय महाविद्यालय), उत्कृष्ट गोलकिपर प्रतिक चवाल, पद्म मा.वि. र अनुशासित टिम अक्सफोर्ड इन्टरनेशनल प्राक्टिकल स्कूलले प्राप्त गरेको थियो ।
त्यस्तै ब्याडमिन्टन प्रतियोगितामा प्राप्त मेडलको आधारमा बागीश्वरी मा.वि प्रथम, ख्वप मा.वि. द्वितीय, लिसा ई. स्कूल तृतीय हुन सफल भए । ब्याडमिन्टन खेला उत्कृष्ट खेलाडी छात्रतर्पm आयुष बजगाई (बरदायणी आ.वि.) र छात्रातर्पm मन्दिला कोजू (सेक्रेड हार्ट ई. स्कूल)ले प्राप्त गर्न सफल भए । त्यस्तै जिम्नाष्टिक खेलमा प्राप्त मेडलको आधारमा एभरेष्ट ई. स्कूल प्रथम, मेधा मा.वि. द्वितीय र जेसिस ई. स्कूल तृतीय भए । सो खेलमा उत्कृष्ट खेलाडीको पदक छात्रतर्पm सुमित तमखु (मेधा मा.वि.)ले र छात्रातर्फ रेविसा घेमोसु (जेसिस ई. स्कूल)ले प्राप्त गरे । विद्यालयस्तरीय पोर्टबल प्रतियोगितामा छात्रतर्पm न्यातापोल ई. स्कूल प्रथम, तारा मा.वि द्वितीय र ब्राइटस्टार ई. स्कूल तथा वागेश्वरी मा.वि. संयुक्त रुपमा तृतीय हुन सफल भए भने पोर्टबल छात्रातर्फ तारा मावि प्रथम, बासु मा.वि. द्वितीय र बागीश्वरी मावि तथा अक्स्फोर्ड प्राक्टिकल स्कूल संयुक्त रुपमा तृतीय हुन सफल भए । उत्कृष्ट खेलाडी छात्रतर्फ सौगात ढुंगाना (न्यातापोल ई. स्कुल) र छात्रातर्पm जेनिशा तामा· (तारा मा.वि) हुन सफल भए ।
प्रतियोगितामा प्राप्त मेडको आधारमा करातेतर्पm बागेश्वरी मा.वि. प्रथम, डेमोस इ. स्कूल द्वितीय र पारागन एकेडेमी तृतीय हुन सफल भए । सो प्रतियोगितामा
उत्कृष्ट खेलाडी छात्रातफ युनिक ध्वजु (बागेश्वरी मा.वि.) र छात्रातर्पm इभा कोण्डा (क्रेटिभ इ. स्कूल)ले जित्न सफल भए ।
खो खो प्रतियोगिताको छात्रतर्फ बागीश्वरी मा.वि. प्रथम, बालविकास ई. स्कूल द्वितीय र तारा मावि तथा सरस्वती विद्यागृहले संयुक्त रुपमा तृतीय स्थान हासिल गर्न सफल भए भने खो खो छात्रातफ ब्राइट स्टार ई. स्कूल प्रथम, सरस्वी विद्यागृह द्वितीय र मेधा मावि तथा तारा मावि संयुक्त रुपमा तृतीय हुन सफल भए । प्रतियोगितामा उत्कृष्ट खेलाडीको उपाधी छात्रतर्फ नविन सेन्चुरी (बागीश्वरी मा.वि ) र छात्रातर्फ मन्दिरा राय (ब्राइटस्टार ई. स्कूल)ले प्राप्त गरेको थियो ।










0 Comments