हिजो आज भोलीको खबर, सबैको हातमा सत्यतथ्य खबर

भक्तपुर फागुन २ गते २०८० 
भक्तपुर नगरपालिका वडा नं. ५ स्थित भिसींःख्यमा अवस्थित कुथु सुब्या दुगुद्यो मन्दिर पुनःनिर्माणको लागि बुधबार नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं भक्तपुर नगरपालिकाका नगरप्रमुख सुनिल प्रजापतिले  शिलान्यास गर्नुभयो ।

शिलान्यास कार्यक्रममा नगर प्रमुख प्रजापतिले सम्पदा पुनःनिर्माण गर्दा मौलिक स्वरुपमै बनाउनुपर्ने तथा नया“ पुस्तालाई सम्पदा र संस्कृतिको महत्वबारे बुझाउन सम्पदा निर्माण गर्दा हरेक कुरा लिपिबद्ध गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । साथै सम्पदा पुनःनिर्माण गर्दा नगरपालिकाले जनताको अपनत्व कायम हुने गरी जनसहभागिता र स्थानीय जनतबाट आर्थिक सहयोगमा निर्माण सम्पन्न गर्दै आएको जानकारी दिँदै भोलिको पुस्ताले समेत इतिहासको पानामा जनताको सहयोगलाई बुझ्ने गरी कोरिनुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले भक्तपुर नगरपालिकाले २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त सम्पदाहरुमध्ये विगत ५ वर्षमा १२४ वटा सम्पदा पुनःनिर्माण र जीर्णोद्धार सम्पन्न गरिसकेको जानकारी दिनुभयो । 
कार्यक्रममा इतिहासविद् पुरुषोत्तम लोचन श्रेष्ठले भक्तपुर नगरपालिकाले पूर्व प्राचीन कालदेखिको इतिहास बोकेका पुरातात्विक महत्वका सम्पदाहरु निरन्तर रुपमा उत्खनन गरी पुनःनिर्माण गरिरहेकोमा खुशी व्यक्त गर्नुहुँदै सम्पदाहरु इतिहासको प्राथमिक प्रमाणहरु हुन् र तत्कालीन समयमा भन्दा भविष्यका नयाँ पुस्ताको लागि यसको महत्व बढी हुने जानकारी दिनुभयो ।
शिलान्यास कार्यक्रममा उपभोक्ता समितिका कोषाध्यक्ष न्हुछेरत्न खाइतुले उक्त दुगुद्यो मन्दिर पुनःनिर्माणको लागि अन्दाजी ४४ लाखको अनुमान गरेकोमा हालसम्म रु ४१ लाखभन्दा बढी आर्थिक संकलन भइसकेको र सहयोग आउने क्रम जारी रहेको बताउनुभयो । शिलान्यास कार्यक्रममा उपभोक्ता समितिका उपाध्यक्ष विश्वराम कवां र उपभोक्ता समिति सदस्य तथा कार्यक्र संचालक नारायणप्रसाद तमखुले मन्दिरलाई जनसहभागितामा मौलिक स्वरुपमै बनाउने बताउनुभयो । 


 




0 Comments

Leave A Comment

Don’t worry ! Your email address will not be published. Required fields are marked (*).