2024-03-15 11:22:42
भक्तपुरमा पहिलो पटक बागमती प्रदेश स्तरीय धिमे बाजा प्रतियोगिता हुने भएको छ ।
भक्तपुर चैत्र २ गते २०८०
नेवाः समुदायको पहिचानको रुपमा रहेको धिमेबाजा संरक्षण तथा प्रवद्र्धन गरी नयाँ पुस्तालाई हस्तान्तरण गर्ने लक्ष्यसहित “बागमती प्रदेश स्तरीय पहिलो धिमेबाजा प्रतियागिता ११४०” को आयोजना गर्न लागेको हो । केन्दीय मानन्धर संघको आयोजनामा भक्तपुर जिल्ला मानन्धर युवा संघको संयोजना तथा काठमाण्डौ महानगरपालिकाको सहकार्यमा दत्तात्रीय चोकमा चैत्र २४ गते धिमे बाजा प्रतियोगिता हुन लागेको शनिवार भक्तपुरको च्वङागणेश स्थित नेवा ननीमा पत्रकार सम्मेलन गरि जानकारी दिएको छ ।

प्रतियोगितामा बागमती प्रदेशमा रहेका नेवाः समुदायबाट करिव ५० वटा धिमेबाजा टिमको सहभागी गराउने योजना सहित मानन्धर लगायत बिभिन्न अरु समुदायबाट पनि सहभागिता जनाउन सकिन्ने बताएको छ । प्रतियोगितामा सहभागी टोलीलाई खाने बस्ने सुबिधा पनि आयोजक समितिले गरिने जनाएको छ । प्रतियागितामा प्रथम पुरस्कार २ वटा धिमे, २ जोर भुछ्याँ र नगद रु २५ हजार, दोस्रो हुनेलाई १ वटा धिमे, १ जोर भुछ्याँ र नगद रु १५हजार, तेस्रो हुनेलाई १ वटा धिमे र नगद रु १० हजारबाट पुरस्कृत गरिने छ भने चौठो देखि दशौं स्थानसम्मको लागि १, १ जोर भुछ्याँ प्रदान गरिने पत्रकार सम्मेलनमा जानकारी गरिएको छ । त्यस्तै प्रतियोगितामा उत्कृस्त भेषभुषा र बाजाको बोलमा गरिएको हाउभाउको सम्मेत मुल्याँङ्गण गरि पुरस्कार दिने ब्यवस्था भएको जानकारी दिएको छ । प्रतियोगितामा सहभागी सबै टिमलाई प्रशंसा पत्रले शुसजित गरिने सम्मेत जानाएको छ । प्रतियोगितामा सहभागीताको लागि फारम बुझाउने समय २०८० चैत्र १६ गते शुक्रवार सम्म हुने छ । सहभागिताको लागि फारम पाईने स्थनहरु काठमाण्डौको लागि केन्द्रिय मानन्धर संघ क्षेत्रपाटी काठमाण्डौं सम्पर्क नं. ९८५१०,३३२२७,
भक्तपुरको लागि मानन्धर व्यायम मन्दिर साकोलान ९८४१,२८५६८४,
थिमिको लागि टि.भि. प्वाईट शंखधर चोक ९८५१०,६७७३० र
बनेपाको लागि वांख्यो दाफा भजन खलः बनेपा ९८४१,९५८८९६मा सम्पर्क राख्न सकिने छ ।












0 Comments