हिजो आज भोलीको खबर, सबैको हातमा सत्यतथ्य खबर

भक्तपुर चैत्र ५ गते २०८० 
भक्तपुर जिल्लाको सूर्यविनायक नगरपालिका वडा नम्वर १० चित्तपोल स्थित सिमल्टार बाँसुरी बाजा खलमा ३९ जना बाँसुरी बाजामा प्रशिक्षित भएका छन् । 
बाँसुरी बाजा तथा हार्मोनियम बाजामा प्रशिक्षितहरूलाई एक कार्यक्रमका बिच सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापा, वडा नम्वर १० का वडा अध्यक्ष शिवराम राउतले बाजाका प्रशिक्षितहरूलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो । 


कार्यक्रममा नगर प्रमुख वासुदेव थापाले आफ्नो कला संस्कृति भुलेमा हाम्रो अस्तित्व नै मेटिने भन्दै कला संस्कृतिको विकास तथा विस्तार एवं जगेर्ना गर्न नगरपालिका जस्तो सुकै कदम चाल्न पनि तयार भएको बताउनुभएको थियो । 
यस्तै कार्यक्रममा सूर्यविनायक नगरपालिका वडा नम्वर १० का वडा अध्यक्ष शिवराम राउतले अवको वडाको लक्ष्य भनेको कला, संस्कृति, परम्परा र रीतिरिवाजको संरक्षण एवं सर्वधन गर्ने  लक्ष्य रहेको हुँदा आर्थिक हिसाबले गर्नुपर्ने  सहयोग गर्नैकुरा राख्नु भएको थियो ।

प्रशिक्षितहरूलाई शुभकामना दिँदै प्रशिक्षक धर्म मुनिकारले यो आफ्नो १२० औँ प्रशिक्षण भएको जानकारी दिनुभएको थियो । देशभर विभिन्न स्थानमा गएर आफूले बाँसुरी बाजाको प्रशिक्षण दिँदै आएको उहाँले बताउदै २०५७ सालबाट बाँसुरी बाजा, पछिमा खिं धिमे, बय खिं, कोचाखिंको प्रशिक्षण दिँदै आएको उहाँले जानकारी दिनुभएको थियो । 
स्थानीय नेवाः समुदायमा आफ्नो कला संस्कृतिको रक्षा गरौँ भन्दै स्थानीय ३९ जनालाई बाँसुरी बाजा प्रशिक्षण प्रदान गरेको थियो । बाँसुरी बाजा खलःले भाद्र महिना देखि स्थानीय ११ वर्ष देखि ५३ वर्ष सम्मका प्रशिक्षार्थीहरूलाई प्रशिक्षण प्रदान गरेको थियो । कला संस्कृति र परम्परालाई आधुनिकीकरण गरी निरन्तरता दिँदै लैजाने उद्देश्यका साथ  उक्त प्रशिक्षण गरेको सिमल्टार बाँसुरी बाजा खलःले जनाएको छ  । आगामी दिनमा पनि युवाहरूलाई प्रशिक्षण दिँदै लैजाने खलःका सदस्य मोतीराम खाताखोले जानकारी दिनुभयो । 
कार्यक्रममा प्रशिक्षार्थीहरूलाई प्रमाण पत्र तथा प्रशिक्षक धर्म मुनिकारलाई सम्मान पत्र प्रदान गरिएको थियो ।
 




0 Comments

Leave A Comment

Don’t worry ! Your email address will not be published. Required fields are marked (*).