हिजो आज भोलीको खबर, सबैको हातमा सत्यतथ्य खबर

भक्तपुर चैत्र १३ गते २०८०
भक्तपुर जिल्लाको मध्यपुर नगरपालिकाको बोदेस्थित बिस्का जात्रामा जिब्रो छेड्ने टोलमा उपत्यका ब्यापी धिमे बाजा प्रतियगिता यही चैत्र २६ गते हुन लागेको छ । मध्यपुर नगरपालिकाको आयेजना तथा लाकुछेँ धिमे गुठी र खपला धिमे गुठीको सहकार्यमा उपत्यका ब्यापी धिमे प्रतियोगिता तथा संस्कृति मेला २०८० को हुन लागेको हो । उक्त कार्यक्रम मध्यपुर थिमि नगरपालिकाको प्रस्तावित पर्यटन गुरुयोजना अनुसार स्थानिय उत्पादनको प्रबद्र्धन गरी पर्यटन र आय आर्जनमा जोड्ने उद्धेश्यले धिमे बाजा प्रतियोगितासँगै संस्कृति मेला र फोटो प्रदर्शनीको आयोजना गरेको आयोजक समितिले जानकारी दिएको छ । धिमे बाजा प्रतियागितामा प्रथम हुने समुहलाई रु ५० हजारको नगद पुरस्कारको ब्यवस्था गरिएको छ । त्यस्तै दोस्रो हुनेलाई २५ हजार, तेस्रो हुनेलाई १५ हजार र सान्त्वना रु १० हजार सहित शिल्ड तथा प्रमाण पत्र प्रदान गर्ने ब्यवस्था गरिएको पनि जानकारी दिएको छ । त्यस्तै संस्कृतिमेलामा मध्यपुरमा रहेका परम्परागत र रैथाने उत्पादनको करिव २५ वटा स्टल रहने छ भने स्थानिय परिकारहरुको प्रदर्शनीसँगै मिनि फुद फेस्टिवल हुने छ । उक्त प्रदर्शनी स्थानिय परिकारहरुको बिभिन्न स्वादको खानाहरुको स्वाद चाख्न पाउने पनि आयोजकले जानकारी गराएको छ ।




0 Comments

Leave A Comment

Don’t worry ! Your email address will not be published. Required fields are marked (*).