हिजो आज भोलीको खबर, सबैको हातमा सत्यतथ्य खबर

सामान्यभन्दा मोटा युवतीहरुलाई लक्षित गर्दै यो सौन्दर्य प्रतियोगिता आयोजना हुने गरेको छ ।

मोडल सङ्स नेपालको आयोजनामा यस प्रतियोगिताको दुई संस्करण नेपालमा सम्पन्न भइसकेका छन् ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीका कारण स्थगित भएको प्रतियोगिताको तेश्रो संस्करण ‘सुपर प्लस साइज मोडल नेपाल–२०२१’ आयोजना हुने भएको छ ।

प्रतियोगितामा १६ देखि ५५ वर्ष उमेर समूहका विवाहित तथा अविवाहित युवती तथा महिलाहरुले भाग लिन सक्नेछन् ।

प्रतियोगितामा सहभागिता जनाउनका लागि ५५ केजीभन्दा माथिको तौल भई स्पष्ट रुपमा मोटोपना देखिएको हुनुपर्ने प्रावधान तोकिएको छ ।

 

काठमाडौंको बागबजारस्थित द बर्गर हाउसमा जनवरी ९ मा अडिसन हुने आयोजक संस्था मोडल सङ्स नेपालका प्रमुख डेबिल सिंह राजपुतले बताए । 




0 Comments

Leave A Comment

Don’t worry ! Your email address will not be published. Required fields are marked (*).