2024-08-02 07:52:53
आज टोलटोलमा गथांमग प्रदर्शनीमा राख्दै गथांमग चह्रे भब्यरुपमा मनाउँदै भक्तपुबासी ।
प्रस्तुत फोटोहरु पुरानो हो
भक्तपुर श्रावण १८ गते २०८१
नेवाः समुदायमा बर्ष दिनको जात्राको शुरुवातको रुपमा लिने गथामग चर्हे अर्थात सिङज्या ब्यंकेगु दिन । गथामग चर्हे नेपाल सम्बत दिल्लागा चतुर्दशीका दिनमा पनाईने एक चाड हो । यो चाड लिच्छविकाल देखि सुरु भएको थियो । नेवाः समुदायमा सिथिनखःलाई बर्षको अन्तिम चाडको रुपमा लिइन्छ भने सिनाज्या (सिङाज्या रोपाईको समय) सकेपछी सर्वप्रथम आउने चाडलाई गथामग चर्हे भनिन्छ । सिथिनखःलाई म्ह्यामचा नखः (चेलीबेटीहरुको चाड) भनिन्छ भने गथामग चाडलाई कायमचा नखः (केटाहरुको चाड) भनिन्छ ।
भलभल अष्टमीको दिन नवदुर्गा देवगणको जलाशन नेवाः समुदायमा खिं, तः बाजाहरु बजाउन नमिल्ने परम्परा छ गथामग चर्हेको दिनबाट मात्र बजाउन सुरु गर्ने गरिन्छ । यो चाड विशेषगरि सरसफाइ सम्बन्धित रहेको छ । सिङाज्या (सिनाज्या)को समयमा सफाइ गर्ने फुर्सद हुन्दैथ्यो । सिङाज्या पश्चात् घर सफाई गरि आफ्नो घर, टोल, देशमा रहेको दुष्ट (फोहर)लाई राक्षसको रुप दिएर मिल्काउने गर्दछ । पहिले पहिले धान रोप्ने धेरै हुन्थ्यो र काम गर्ने मानिसहरु थोरै भएका कारण जति काम गरेपनि नसकेका कारण भुतको साधना गर्थे । तान्त्रिक विधि अनुसार भुतको आवाहन गरि काम गराउथे भने भनाई थियो । तर सिङाज्या पछि खासै काम नभएको, धेरै खाने भएकोले बच्चाहरु चोरेर खान थाल्यो भन्दै भुतहरु भगाउन घण्टा बजाउदै हथौड़ाले पिटि भगाउने गर्दछ । यसरी गथांमुगको दहन गर्दा अस्लिल शब्द बोलेर गरि लौजान्छ भने दोबाटो वा चौबाटोमा दहन गर्ने गर्दछ । यस्ता भुत देखि नडराउन भनी यस दिन बच्चाहरुलाई चोकमा बालेको छ्वालीको आगो नाग्न लगाउदछ भने आजकै दिनबाट लाम्खुट्टेको एउटा दाँत भाँचिन्छ भन्ने मान्यता रहेको छ ।
जसको अर्थ लाम्खुट्टेको टोकाइ कम हुन्छ भन्ने हो । आजै दिन छें बौ बिगुू भनी नयाँ घरको सुदृढीकरण पुजा पनि गरिने चलन छ भने हातमा फलामको औंठी पनि लगाउने गर्दछ । पहाड तिर लुटो फाल्ने भनेर घरको छट छटमा आगो बाल्ने गरे झै काठमाण्डौ उपत्यकामा यसरी नै आगो बाल्ने चाडको रुपमा गथंमुग चर्हेलाई लिइन्छ । मध्यपुर थिमीमा रहेको बालकुमारी मन्दिरसंगैको पोखरीमा आज राँगोको खुट्टालाई पोखरीमा फालेर विशेष जात्रा हुने गर्दछ । जात्रालुहरुले फालेको राँगाको खुट्टा पोखरीमा फालिन्छ र केही ब्यक्तिहरुले पौडी खेलेर भेटाइन्छ । उक्त भेटाएको खुट्टा मोलमोलाइ गरि जात्रालुले किन्छ र पुन पोखरीमा फ्याकि एक डेढ घण्ट जस्तै जात्रामा रमाईलो गर्ने परम्परा चलिरहेको छ ।










0 Comments