2024-08-18 06:27:47
गुन्हुपुन्हिमा भव्य मेला लाग्ने भक्तपुरको कालदह (शिलु महादेव)
भक्तपुर भद्र २ गते २०८१
भोली श्रावण शुक्ल पूर्णिमा गुन्हुपून्हि अर्थात जनै पूर्णिमाका दिन भव्य मेला लाग्ने भक्तपुर नगरपालिका भित्रको एक ठाउँ कालदह । भक्तपुर नगरपालिका सहिद स्मृति खेल मैदानको उत्तर पटि र भक्तपुर औधौगिक क्षेत्रको दक्षिण पटि रहेको कालीदहमा स्नान गर्नेको भिड लाग्ने गरिन्छ । शिलु दहको रुपमा पुजा गर्ने उत्त दहमा स्नान गरि महादेवलाई जलअर्पण गरि पुजा गर्ने चलन छ । बिहानै देखि भक्तजनको भिड लाग्ने उक्त पोखरीको सरसफाई गर्ने कार्य सम्पूर्ण रुप सम्पन्न गरिसकेको स्थानियहरुले जानकारी दिएको छ । जनै पूर्णिमाको दिन भक्तपुर जिल्लामा महाद्य पुखुः नगरकोट र मध्यपुरको नगदेशमा पनि भव्य मेला लाग्ने गरिन्छ ।
फोटो प्रकाश मल्ल












0 Comments