हिजो आज भोलीको खबर, सबैको हातमा सत्यतथ्य खबर

भक्तपुर भाद्र २७ गते २०८१
भक्तपुर जिल्लाको मध्यपुर थिमी नगरपालिकाको थिमीको पुरानो बस्ती एैतिहासिक जिब्रो छेड्ने जात्रा यो बर्ष पनि हुने भएको छ । आउँदै गरेको यँया पुन्ही (असोज २ गते) इन्द्र जात्राका दिने परम्परा देखि चलि आएको जिब्रो छेड्ने जात्रा यो बर्ष बिरेन्द्र भक्त श्रेष्ठले गर्ने भएको छ । जात्राको लागि चाहिने सम्पूर्ण खर्च मध्यपुर नगरपालिकाले सहयोग गर्ने नगर प्रमुख सुरेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

गत बर्ष जस्तै यो एैतिहासिक जात्रामा थिमी देखि पशुपतिसम्म हिडेरै जाने जिब्रो छेड्ने ब्यक्ति बिरेन्द्र भक्त श्रेष्ठले जानकारी दिनुभयो । गत बर्ष बालक राम नानी श्रेष्ठले जिब्रो छेडेर पशुपति बनकालीसम्म हिडेर गएर पुन थिमीमा आएर जात्रा सम्पन्न गरेको थियो । जात्रा असोज २ गते बुधवार मध्यपुरको वडा नं. ५ दिगु टोलमा साँझ ७ बजे शुरु गर्ने पनि जानकारी दिनुभयो ।




0 Comments

Leave A Comment

Don’t worry ! Your email address will not be published. Required fields are marked (*).