2024-11-03 12:52:46
नेपाल सम्वत ११४५ को नयाँ बर्षको उपलक्ष्यमा धिमय् प्याखँ भक्तपुरमा भव्यरुपमा प्रदर्शण गरेको छ ।
भक्तपुर कात्र्तिक १९ गते २०८१
शनिवार म्हःपूजाको दिन भक्तपुरमा नेपाल सरकारबाट राष्ट्रिय युवा प्रतिभा सम्मान २०७७ तथा २०७८ मा जनसेवाश्रीबाट विभुषित नृत्य निर्देशक महेश प्रकाश हाडाको संयोजकत्वमा न्हुदँ (नयाँ बर्ष) समारोह समिती ११४५ भक्तपुरद्वारा १४२ जना कलाकार सहितको धिमे नृत्य प्रस्तुत गरेको थियो । नेपाल संम्बत ११४५ को अवसरमा न्हुदँ भिन्तुना (नयाँ बर्षको शुभकामना) र्याली भक्तपुर नगर परिक्रममा गरि बिभिन्न चोकमा नृत्य प्रस्तुत गरि भव्य रुपले सम्पन्न भएको छ ।
उक्त कार्यक्रमको लागि साथ दिनु हुने श्री ईन्द्रायणी पुच भक्तपुर, श्री लुथाबुँ सिद्धि गणेश धिमे बाजा सु.न.पा. ८ श्री निक्वशेरा दाफा खलः मध्यपुर, सबिका हार्डवेर ट्रेडर्स बालाजु काठमाडौ, मध्यपुर न.पा., सु.न.पा र भ.न.पा.का थुप्रै कलाकार साथीहरू सहभागीता जनाएर साथ दिनु भयो । कार्यक्रम भव्य रुपमा सफल भयो । प्रत्यक्ष अप्रत्यक्ष रुपले सहयोग गर्नु हुने सबैलाई संयोजक महेश प्रकाश हाडाले धन्यवाद दिनुभएको छ ।















0 Comments