2024-12-01 08:36:06
भक्तपुर विकास सहयोग संघको आयोजनामा नवदुर्गा भवानी र भक्तपुर संम्बन्धि अन्तक्रिया कार्यक्रम सम्पन्न ।
भक्तपुर मंसिर १६ गते २०८१
शनिवार भक्तपुर विकास सहयोग संघको आयोजनामा यहीं पुष ४ गते मध्यपुरको नगदेशमा द्यःब्वयकेगु (नवदुर्गा देवगणको पूजा) कार्यक्रमको गर्न लागेको छ । कार्यक्रम भब्यरुपमा सफल बनाउन भक्तपुरको जिवित देवीको रुपमा पूजा गर्दै आएको नवदुर्गा भवानी सम्वन्धि सबैलाई जानकारी दिने उद्धश्यले सो अन्तरक्रिया कार्यक्रम गरेको हो ।
कार्यक्रममा नवदुर्गा देवगण सम्वन्धि स्रात व्यक्तिका रुपमा रहेका संस्कृतिविद् हरिराम जोशी, संस्कृतिविद् प्रा.डा. पुरुषोत्तमलोचन श्रेष्ठ र तन्त्त्रविज्ञ मृगेन्द्रराज सुवेदी र नवदुर्गा जात्रा व्यवस्थापन समितिका सल्लाहाकार नारायणमान बनमालाले नवदुर्गा भवानीको उत्पत्ति, महत्व र सामाजिक प्रभावका बिषयमा बोल्नु भएको थियो ।










0 Comments