हिजो आज भोलीको खबर, सबैको हातमा सत्यतथ्य खबर

कागेश्वरी फागुण ७ गते २०८१ 
काठमाण्डौको कागेश्वरी मनोहरा नगरपालिकाले फागुण ७ गते प्रजातन्त्र दिवसको उपलक्ष्यमा महोत्सव आयोजना गरि प्रजातन्त्र दिवस मनाउँदै छ । नगरपालिकाले ू प्रत्येक वर्ष कागेश्वरी मनोहरा पर्यटन महोत्सव आयोजना गरि प्रजातन्त्र दिवस मनाउने गरेको हो । महोत्सवका संयोजक एवं नगरप्रमुख उपेन्द्र कार्कीले महोत्सवले स्थानीय उत्पादन, स्थानीय रहनसहन, स्थानीय परम्परा र संस्कृतिले सो क्षेत्रको पर्यटन प्रवर्द्धन गर्न महोत्त्वपुर्न भुमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।उहाँका अनुसार महोत्सवमा देशका ख्यतिप्राप्त कलाकार, समाजका प्रतिष्ठित व्यक्तित्वहरु र स्थानीय जनसमुदायको व्यापक सहभागिता रहने छ । 
नगरको वडा नम्बर १ गागलफेदिस्थित प्रसिद्ध तीर्थस्थल कागेश्वरी मन्दिर परिसरमा सो महोत्सव आयोजना गर्दै आएको प्रमुख प्रशासकीय अधिकृत सागर मिश्रले जानकारी दिनुभयो । फागुन ७ गते प्रजातन्त्र दिवसको दिनलाई ऐतिहासिक रुपमा मनाउन र शहिदहरुको सम्झना गर्न हरेक वर्ष सोही दिन महोत्सव आयोजना गर्दै आएको अधिकृत मिश्रले बताउँनुभयो । महोत्सवको मुल उद्देश्य कागेश्वरी धाम क्षेत्र प्रचारप्रसार गरी बाह्य एवम् आन्तरिक पर्यटक आकर्षित गर्ने  रहेको उहाँले बताउनुभयो । 
कागेश्वरीधामलाई अन्तरास्ट्रिय पर्यटकीय गन्तव्यको रुपमा बिकास गर्न लोकतान्त्रिक सहिद उद्यानमा विश्व कै ठुलो एक हजार किलोको कागको मूर्ति समेत निर्माण गरिएको छ। धार्मिक र पुरातात्विक दृष्टिले महत्वपूर्ण यो स्थल प्राकृतिक रूपमा पनि आकर्षक छ ।) )




0 Comments

Leave A Comment

Don’t worry ! Your email address will not be published. Required fields are marked (*).