हिजो आज भोलीको खबर, सबैको हातमा सत्यतथ्य खबर

गाथामग चर्हे (पर्व) भक्तपुरमा हर्ष उल्लासका साथ मनाईयो ।
भक्तपुर श्रावण ७ गते २०८२

झक्तपुर लगायत बिभिन्न नेवाः समुदाय भएको शहरमा आज गाथामग चर्हे हर्ष उल्लासका साथ मनाईयो । प्रत्येक बर्षको साउन कृष्ण चतुदर्शीका दिन यो पर्व नेवाः समुदायमा भब्यताका साथ मनाउने गरिन्छ । यो पर्व कहिले देखि मनाउने गरिएको हो त्यसबारे तथ्य प्रमाण नभेटिएता पनि समाजमा बच्चा मारेर खाने राक्षेसको अन्त्य गरि सोहि राक्षेसलाई दोवाटोमा लगि आजकै दिन साँझमा  जलाउने गरिन्छ । 
गाथामग भाग्यमा भन्दाकर्ममा बिश्वास गर्ने र सदैव भगवानको नाम सुन्नु पर्ला भनी कानमा ठुलो घण्टा झुण्डाएर राख्ने भएकाले यो पर्वलाई गाथामग नाम दिईएको. कथामा पढ्न पाईन्छ । राक्षेसको आकृती बनाई नग्नश्वरुप दिएर घण्टासुर बनाई दिनभर दोवाटो र चौवाटोमा उभ्याई साँझपख सेलाउने गरिन्छ । गाथामग नर्कट र छ्वालीबाट बनाईएको हुन्छ र यसलाई बिभिन्न डरलाग्दो तरिकाले सजावट गरिएको हुन्छ त्यती मात्र होईन गाथामगको उत्तेजक लिंगको प्रदर्शनले राक्षसको उपमा दिइएता पनि गथामग भैरवको एक अंग भएको सामाजिक मान्यता पनि रहिआएको छ । 


माना रोपी मुरी फलाउने समय असारमा किसानहरुको खेतवारीको काम सकाएर आराम गर्ने समय भएकोले आज देखि नेवार समुदायमा जात्रा पर्व शुरु हुने हुनाले बाजागाजा सहित यो जात्रा भब्यताका साथ मनाइन्छ । भगस्थी (भलभल अस्तमी)को दिन भक्तपुरमा जिवित देवताहरुको रुपमा मान्दै आएका नवदुर्गा गणको अन्त्य हुने परम्परा छ । सो दिन देखि आज सम्म भक्तपुरमा नवदुर्गा गण नहुने र आजको दिन देखि नवदुर्गागणको पुणर्जन्मको रुपमा महादेवको उत्पती गर्ने चलन छ । आउने बडादशैको नवमी सम्ममा क्रमर्श नवदुर्गागणका देविहरुको उत्पति हुदै जाने चलन अनुसार मुकुण्ड बनाउदै जाने छ । बडादशौको नवमीको दिन नवदुर्गागण लाई तान्त्रिक  बिधि अनुसार ब्रम्हायणी मन्दिरमा लगि जिवित देवताको पुणर््ाता दिने गरीन्छ । नवदुर्गागण लाई जिवित देवताको रुपमापुजिदै आएका छन नेवाः समुदयले बिशेसगरी भक्तपुर जिल्लाबासीले ।




0 Comments

Leave A Comment

Don’t worry ! Your email address will not be published. Required fields are marked (*).