हिजो आज भोलीको खबर, सबैको हातमा सत्यतथ्य खबर

भक्तपुर भाद्र १० गते 

प्रथम जिल्लाव्यापी अन्तर स्कुल चाणक्य तीज नृत्य प्रतियोगितामा नवरत्न लाइफ स्कूल बिजयी भएको छ । सोमवार चाणक्य स्कूल एण्ड कलेजले आयोजना गरेको सो प्रतियोगितामा दुई सय ३५ अंक हासिल गरि प्रतियोगिताको बिजयी बन्न सफल भएको हो । त्यस्तै दुई सय ३२ अंकले पारागन एकेडेमी द्वितीय, दुई सय ३० अंकले युनिक नेपाल एकेडेमी तृतीय भएको थियो भने  दुई सय २८ र दुई सय २० अंक हासिल गरि मित्रश्री पाठशाला तथा स्मल किड्स एकेडेमीले सान्त्वना पुरस्कार प्राप्त गरेको थियो ।

साथै प्रतियोगिताको लागि नृत्य निर्देशनमा उत्कृष्ट निर्देशकको शिर्षकमा ज्ञान सुधा पाठशालाका नृत्य निर्देशक पुर्णिामा विश्वकर्मालाई सम्मान गरिएको थियो ।समापन कार्यक्रमका प्रमुख अतिथी मध्यपुर थिमी नगरपलिकाका नगरप्रमुख सुरेन्द्र श्रेष्ठले विद्यार्थीहरुको अतिरिक्त क्रियाकलापमध्येमा आफूलाई नृत्य प्रतियोगिता उत्कृष्ट लागेको बताउनु भयो। नगरप्रमुख श्रेष्ठले गत साल मध्यपुर थिमी नगरपालिकाले नृत्य प्रतियोगिता आयोजना गरेको सम्झिदै यस्तो प्रतियोगिताबाट देश भरका विभिन्न जातजातिको भेषभूषा, रहनसहन, परम्परा, संस्कृतिको उजागर गर्ने बताउनु भयो।

त्यस्तै प्याब्सन बाग्मती प्रदेशका अध्यक्ष मुरारी संजेलले तीज नेपाली महिलाको उल्लसमय चाँड रहेको बताउनुफभयो । तीजलाई सुख दुख सात्ने पर्वको रुपमा लिने गरेको उहाँको भनाइ छ । अध्यक्ष संजेलले तीजको गीतमा भएको दुख सुखका भाव र कथालाई मनन गर्न प्रतियोगितामा सहभागी भएका विद्यार्थीहरुलाई आग्रह समेत गर्नुुभयो ।

भक्तपुर प्यब्सनका कोषाध्यक्ष निलेश आचर्यले जजहरुले गरेको नतिजाको कदर गर्न आग्रह गरेका छन् । जजहरुले गरेको निर्णय भनेको छेनिक मात्र रहेको र प्रतियोगितामा सहभागिता जनाउदा नै सलफ भएको बताउनु भयो ।

चाणक्य स्कुल एण्ड कलेजका प्रधानाध्यापक गणेशबाबु पोख्रेलले आफ्नो परम्परा संस्कृतिको महत्त्व बुझाउन यस्तो कार्यक्रम आयोजना गरेको बताउँदै तीजको महोत्त्व र महिमाको बारेमा बुझाउन तीजको गीत संगीतको सृजना गर्ने सर्जकहरुलाई विशेष धन्यवाद प्रकट गर्नुभयो । प्रतियोगितामा बजेका तीजको गीतहरु मध्ये धेरै बिष्णु माझीको गीतमा नृत्य प्रस्तुत भएकाले उनलाई विशेष धन्यवाद दिन चाहेको विचार व्यक्त गर्नुभयो । प्रधानाध्यापक पोख्रेलले नृत्य प्रयियोगितामा सहभागिता जनाएका विद्यार्थीहरुलाई आगामी दिनहरुमा नृत्यका साथै नृत्य प्रस्तुत गर्दा आफ्नो पोशाक र गीतको बोलमा पनि ध्यान पुर्याउन आग्रह गर्नुुभयो ।

प्रतियोगितामा भक्तपुरका २४ वटा विद्यालयले सहभागिता जनाएको आयोजकले जनाएको छ ।




0 Comments

Leave A Comment

Don’t worry ! Your email address will not be published. Required fields are marked (*).