2025-08-27 07:51:09
बुलेट बाईकको ५ दिने एक्सचेञ्च मेला भक्तपुरको बाहखाबजार थिमिमा बुधवारबाट शुरु
भक्तपुर भाद्र ११ गते २०८२

भाद्र ११ गते देखी १६ गतेसम्म फाइनान्सको सुबिधा सहित बुलेट बाईकको एक्सचेञ्च मेला भक्तपुरको पुरानो थिमि बाहखा बजारमा शुरु भएको छ । रोयल इन्फील्ड (बुलेट) बाइकको यो एक्सचेन्ज मेला नेपाल मै पहिलो पटक भएको रोयल इन्फील्ड शोरुम भक्तपुर सल्लाघारी भिंटाज मोटो क्याफे प्रा.लि.का संचालक दिनेश कासुलाले बताउनु भयो । बुलेट बाइक चलाउन चाहनेहरुले यो मेला अवधिभरि कुनै पनि कम्पनीको बाइक लिएर आएमा राम्रो मूल्यङ्कण गरि एक्सचेन्ज गरि दिने ब्यवस्था रहेको छ भने फाइनान्सको पनि ब्यवस्था रहेको जानकारी दिनु भयो । बुलेट बाइकहरुको पार्ट सर्भिसिङमा पनि राम्रो सुविधा र ब्यवस्था भएको जानकारी दिनु भयो । यस कम्पनीले बाइक मात्र होइन बाइक चलाउन्दा सुरक्षाको लागि चाहिने सम्पूर्ण सामानहरु पनि सुपथ मुल्यमा उपलब्ध गराउने उहाँले जानकारी दिनु भयो । एक्सचेन्ज मेलामा चार वटा भेरेन्टको ७ वटा कलर बाइकहरु उपलब्ध रहेको पनि संचालक कासुलाले जानकारी दिनुभयो ।













0 Comments