2025-08-28 07:57:03
चाँगुनारायण मन्दिरको भेटी व्यबस्थापन गर्दै कोष बनाएर अगाडि बढे नगरपालिकाले २० करोड लगानी गर्न तयार ः नगर प्रमुख खत्री
भक्तपुर भाद्र १२ गते २०८२
विश्व सम्पदा सूचीमा सूचिकृत चाँगुनारायण मन्दिर सुनको कचौरा भएपनि यसलाई पित्तलको कचौरा बनाएको चाँगुनारायण नगरपालिकाका नगरप्रमुख जीवन खत्रीले बताउनु भएको छ । चाँगुनारायण नगरपालिका पर्यटन शाखाले आयोजना गरेको मन्दिर व्यबस्थापन सम्बन्धी छलफलमा उहाँले नगर प्रमुख खत्रीले भन्नुभयो, “यो मन्दिर यहाँका वासिन्दाका लागि सुनको कचौरा हो तर स्थानीयले अपनत्व नलिदाँ पित्तल बनाईएको छ । यसलाई खिया लागेर जानबाट जोगाउँ भनिरहेको छु भन्दै उहाँले यहाँ त मन्दिरको संरचनालाई मेरो र तेरो भनेर व्यक्तिगत रुपमा प्रयोग गरेका छन्, सत्तलसमेत च्यापेर राखेका छन्, चाबी लगाएर राखेका छन्, समुदायले अपनत्व लिन नसक्दा समस्या झेलिरहेको छ भनुभयो । नगरपालिकाले के गर्नु पर्छ, वडा कार्यालयले के गर्नु पर्छ गर्छौ तर समितिले के गर्ने, पुजारीहरुले के गर्ने, समुदायले के गर्ने हो, त्यो पनि प्रष्ट भए नगरपालिका मन्दिरका लागि २० करोड लगानी गर्न पनि तयार रहेको उहाँले बताउनुभयो । मन्दिरको भेटी व्यबस्थापन गर्दै कोष बनाएर अगाडि बढे नगरपालिकाले लगानी गर्न तयार रहेको बताउदै नगर प्रमुख खत्रीले भन्नुभयो, यहाँको आम्दानी देखाऔँ, भेटी व्यबस्थित गरौँ, कति करोड लाग्छ हामी खर्च गर्न तयार छौँ । मन्दिरका मूल पुजारी, अन्य सहायक पुजारी, अरु मन्दिरका पुजारीलाई कति तलब चाहिने हो ? उहाँको पुस्तौदेखि चलिआएको पुजारीलाई जीवन धान्न पुग्ने गरि भविष्य समेत सुरक्षित हुने गरि तलबको व्यबस्थापन गर्छौ, जात्रा, पर्व, परम्परा चलाउँछौँ भन्दै नगरप्रमुख खत्रीले भनुभयो तर यहाँबाट हुने सबै आम्दानी पारदर्शी हुनुपर्यो, एक रुपैयाँ मात्रै आम्दानी भएपनि सरकारी राजस्वमा दाखिला हुनु पर्यो । चाँगुनारायण मन्दिरको विशेषतालाई विश्वभर प्रचार गर्न सके पर्यटकको ओइरो लाग्ने बताउदै उहाँले पशुपति मन्दिरमा आउने पर्यटक मध्ये २ प्रतिशत मात्रै वैष्णव धर्म मान्ने पर्यटकहरुलाई यस मन्दिरमा ल्याउन सके यहाँको आम्दानीले नै सबै खर्च धान्न सक्ने बताउन्नुभयो । चाँगुनारायण मन्दिरलाई पशुपति विकास कोषको मोडालिटीमा लैजान नगर कार्यपालिका बैठकले निर्णय गरेर सरकारलाई पत्राचार गरिसकेका जानकारी दिदै संस्कृति तथा पर्यटन मन्त्रालयलाई पनि पत्र पठाएर अनुरोध गरेको समेत जानकारी दिनुभयो । मन्दिरमा चार बिभिन्न समिति रहेपनि समितिबीच अन्तरसंघर्ष र द्धन्द्धले मन्दिरको विकास एवं व्यबस्थापनमा समस्या आएको भन्दै उहाँले पुजारीहरुमा समेत अन्तरसंघर्ष रहेकाले समस्या बढ्दै गएको बताउनुभयो ।
पुरातत्व विभागले यसको विकासमा प्रभावकारी कार्य गर्न नसकेको र गुठी संस्थानले आफ्नो नाममा रहेको सम्पत्ति संरक्षणमा समेत चासो नदिदाँ मन्दिरको नाममा रहेको कयौ जग्गा, सम्पत्ति र सम्पदासमेत व्यक्तिले कब्जा गरेको पाईएको छ । स्थानीयवासीका अनुसार चाँगुनारायणको मूल मन्दिर, छिन्नमस्ता मन्दिर, किलेश्वर महादेव मन्दिरमा छुट्टा छुट्टै पुजारी रहेको र पुजारीबीच नै संघर्ष रहेको, तीन वटै मन्दिरको भेटी पुजारी आफैले राख्ने गरेको, सत्तलमा समेत ताल्चा मारेर कब्जा गरेको, विदेशीलाई सत्तल भाडामा दिएको, मूल ढोका र मन्दिर परिसरमै पसल सञ्चालन गरेको, मन्दिर क्षेत्रमै फोहोर थुपारिदिने गरेकोलगायत अनगिन्ती समस्याहरु रहेका छन् ।
कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनकुमार श्रेष्ठले चाँगुनारायण मन्दिरमा समस्या धेरै रहेको बताउदै समस्या निराकरण गर्दै स्थानीयको अपनत्व ग्रहण गरि पर्यटक लक्षित कार्यक्रम ल्याएर पर्यटकलाई आकर्षित गरेर जानु पर्ने बताउनुभयो । एक पटकको छलफलले मात्रै नपुग्ने भन्दै सरोकारवाला निकायसँग छलफल जारी राखेर समस्या समाधानमा केन्द्रीत हुने बताउँदै बिभिन्न सरोकारवाला निकायले चाँगुनारायणको दीर्घकालिन बिकासका लागि चरणबद्ध रुपमा समुदायस्तरमा छलफल गर्दै अगाडि जाने पनि उहाँले बताउनुभयो ।
समरक संरक्षण तथा दरबार हेरचाह कार्यालय भक्तपरका प्रमुख देवेन्द्र भट्टराईले विश्व सम्पदा सूचीृमा रहेको मन्दिरमा जथाभावी बिभिन्न व्यक्तिका नाममा राखिएको फलामका मेचहरु तत्काल हटाउनु पर्ने बताउनुभयो ।
नगरपालिका पर्यटन शाखाका प्रमुख गोविन्द कट्टेलले चाँगुरनारायण मन्दिर समस्या नै समस्याले जेलिएको बताउदै छलफलमा मूल पुजारी नै नआउने, सबैलाई एकै ठाउँमा राखेर छलफल गर्न खोज्दा उपस्थिति नहुने, गुठी संस्थानलाई छलफलका लागि पटक पटक लिखित पत्र काट्दा पनि कुनै छलफलमा नआउने र बेवास्ता गर्ने गरेको बताउनुभयो । पुजारीहरुले मन्दिरमै ताल्चा लगाउने गरेको बताउदै उहाँले भन्नुभयो, “मूल मन्दिर कति बजे बन्द हुन्छ, कुनै सूचना र जानकारी राखेको छैन, पर्यटक आएँछन्, भारतलगायतका देशबाट दर्शन गर्न आएँछन् तर मन्दिर बन्द हुन्छ, खाना खानका लागि बन्द हुने भएपनि कति बजेदेखि कतिबजेसम्म बन्द हुन्छ सूचना राख्नु बताउँनुभयो । किलेश्वर महादेव मन्दिरदेखि छिन्नमस्ता मन्दिरका पुजारीले बिहानीको पुजा सकेपछि मन्दिरमा ताला लगाएर जाने गर्दा दिउँसो विदेशबाट आउने हिन्दु धर्मावलम्बी पर्यटकले दर्शन गर्न नपाएको पर्यटक तथा भक्तजनहरुको गुनासो छ ।
किलेश्वर मन्दिरका पुजारी शंकरराज भट्टले मन्दिरको समग्र अबस्था हेर्दा मन मुटु पोल्ने गरेको बताउनुभयो । मन्दिरको रंग रोगन देखेर साह्र दःख लाग्ने गरेको बताउदै नयाँ निर्माण गरिरहदाँ पुरानो संरचना जोगाउनमा ध्यान नदिने गरेको गुनासो गर्नुभयो । छिन्नमस्ताका पुजारी कलशमान कर्माचायले छिन्नमस्तामा चढाएका सामान गुठीले लाने गरेको बताउदै अरु बेलामा गुठीले बेवास्ता गर्ने गरेको बताउनुभयो । उहाँले मन्दिरको जात्रा चलाउने खट र छत्रलाई यतिकै जथाभावी राखिदिदाँ कुकुरले पिसाब फेर्ने गरेको बताउदै सत्तलको ढोका अगाडि र पछाडिको फोहोरले पर्यटकलाई गिज्याउने गरेको बताउनुभयो ।
समितिका सदस्य एवं स्थानीयवासी दिनेश खनालले चाँगुनारायण मन्दिरमा जिम्मेवार निकायले मौनता राख्दा नै समस्या सृजना भएको बताउदै समितिल्े पुजारीको व्यबस्थापन गर्नेबारेमा छलफल गरेको बताउनुभयो । उहाँले मन्दिरमा आन्तरिक प्रतिस्र्धाका कारण समस्या रहेको भन्दै छलफलबाटै मस्याको निकास निकाल्न सकिने बताउनुभयो ।
मन्दिरमा भँडेल थरका चारनाईकेका प्रतिनिधि श्रीकुमार भडेलले मन्दिर व्यबस्थापनमा रहेको विवादलाई हटाउन नगरपालिकाले मुख्य भूमिका निर्वाह गर्नु पर्ने बताउनुभयो । स्थानीय दिनेश श्रेष्ठले चाँगुनारायण समस्यैसमस्याले जेलिएको बताउदै त्यहीँ भित्रबाटै समस्याको समधान खोज्नु पर्ने बताउनुभयो ।










0 Comments